बुटवल -देशमा फेरि पनि अस्थीरता र अराजकताको अवस्था आउन थालेको भन्दै तरुणहरुको खवरदारी आवश्यक रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
जनताले झ्ण्डै दुई तिहाई मत दिएर बनको सरकार स्वार्थकेन्द्रित राजनितिमा लागेको भन्दै तरुणहरु जाग्न आवश्यक भएको उनिहरुको भनाई छ । नेपाल तरुण दल क्षेत्र न १ ले रुपन्देहीको ओमसतिया ५ आयोजना गरेको कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका युवा नेता तथा प्रदेश सभाका प्रत्यासी हरि न्यौपानेले नेपालको राजनितिक परिर्वतनमा महत्वपुर्ण भुमिका खेलेका तरुणहरुलाई राज्यले सधै उपेक्षा गर्दै आएको बताए ।
तरुणहरु नै नेपाली राजनितिमा लागेर जनताको सेवामा लागे मात्र देश विकास हुने उनको भनाई छ । कम्युनिष्ट अतिवादवाट जनता फेरि आजित भएको न्यौपानेको आरोप छ ।
सो अवसरमा नेपाल तरुण दल क्षेत्र न १ रुपन्देहीको सभापती नविनराज आचार्यले गलतक्रियाकलापको भण्डाफोर गर्दै तरुणहरु फेरि एक पटक जागरुप हुनु पर्नै वेला आएको बताए ।
सो अवसरमा तरुण नेता प्रकाश गैरे, क्षेत्रीय सचिव विनोद न्यौपाने लगायतले बोलेका थिए ।
पार्टि एकतासंगै फोरक लोकतान्त्रीकबाट समेत युवाहरुलाई समावेश गरि क्षेत्रिय समितिलाई पुर्णता दिईएको छ । जसमा फोरमवाट समायोजन भएका आशिष चौधरीलाई क्षेत्रिय उपाध्यक्षमा मनोनित गरिएको छ । त्यसैगरि समायोजन भएका सदस्यहरुमा मोहमद सजिम अखां, दिपक थापा, दिनमणी पंगेनी, पवन पौडेल, बलराम भण्डारी, प्रकाश खरेल, छवि खरेल, शरद पाण्डे, नरेश गुरुङ, झविन्द्र भण्डारी, लक्ष्मण लम्शाल, ईरफान अहमद रहेका छन् ।
प्रकाशित मिति : आइतबार, साउन ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्