बुटवल –सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्ड फेरि अवरुद्ध भएकाे छ।पटक पटक अवरुद्ध हुँदै आएको सडक गएराति पहिरो झरेपछि बन्द भएको हो ।पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने झुम्सा पुल नजिकै पानी मिल, दोभान नजिकै नाग मन्दिर र माथिल्लो सिद्धबाबा मन्दिर नजिक तीन स्थानमा पहिरो जाँदा बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध भएको हो ।
पहिरोले सडक अवरुद्ध भएपछि उक्त सडकखण्ड भएर बुटवलबाट पाल्पा, स्याङ्जा, गुल्मी, कास्की, बागलुङ, पर्वत र अर्घाखाँची जिल्लातर्फ जाने र उताबाट बुटवलतर्फ आउने सवारी साधनहरु बीचमै रोकिएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, साउन १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्