काठमाण्डौ – सुनको भाउले आज पनि नयाँ रेकर्ड बनाएको छ ।
गएको बुधबारदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउँदै आएकामा आज पनि त्यही क्रमलाई निरन्तरता दिएको छ ।
एकैदिन तोलामा १२ सय रुपैयाँ बढेर सुनको भाउ आज तोलाको ९७ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ ९६ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको थियो ।
गएको शुक्रबार सुनको भाउ तोलामा ९५ हजार ८ सय, बिहीबार ९४ हजार ५ सय र बुधबार ९४ हजार रुपैयाँ तोकिएको थियो । कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वकै अर्थतन्त्र बिग्रँदै गएको तथा ठूला देशबीच तनाव बढ्दै गएकाले लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ महँगो भइरहेको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो ।
प्रकाशित मिति : सोमबार, साउन १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्