सशस्त्र प्रहरी बल कृष्णनगरको सक्रियता , ४ लाख ४८ हजार बराबरको अवैध चल्ला नष्ट

सशस्त्र प्रहरी बल कृष्णनगरको सक्रियता , ४ लाख ४८ हजार बराबरको अवैध चल्ला नष्ट

 कृष्णनगर- कपिलवस्तु जिल्लामा अवस्थित भन्सार सुरक्षा तथा सशस्त्र प्रहरी बल ३९ नं गुल्म कृष्णनगर सशस्त्र प्रहरी नायब निरिक्षक सुरेश न्यौपाने को कमाण्ड मा खटिएको गाडी मोबाइल टोलीलेअबैध कुखुराको चल्ला बरामद गरेको छ। भारत बाट अबैध रूपमा नेपाल ल्याउदै गरेकोमा कृष्णनगर नगरपालिका वडा नं ६ भिल्मी बाट ५९८१ गोटा चल्ला बरामद गरेको छ। बरामद गरिएको चल्ला कृष्णनगर नगरपालिका ३ अवस्थित भन्सार सुरक्षा तथा सशस्त्र प्रहरी बल ३९ नं गुल्म को पछाडि खाली जग्गामा खाल्डो खनि पशु क्वारेनटाइन का प्रतिनिधि, सशस्त्र प्रहरी, पत्रकार,आदि को उपस्थिति मा उक्त चल्ला नष्ट गरिएको छ। जस्को अनुमानित मुल्य ४ लाख ४८ हजार ५७५ रुपया सम्म पर्ने कुरा सोही गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुसिल कुमार शाही ले जानकारी दिएका छन्।साथै आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता, पत्रकार,न्याय प्रेमी र समकक्षी सुरक्षा निकाय हरु संग समेत निरन्तर छलफल र संवाद गरि सिमा सुरक्षा र शान्ति कायम राख्न सबैको सहयोग अपरिहार्य रहेको कुरा सशस्त्र प्रहरी बल ३९ नं गुल्म का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुसिल कुमार शाही ले जानकारी दिनुभयो।

प्रकाशित मिति : सोमबार, साउन १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij