कपिलवस्तु।
कपिलवस्तुमा ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार जिल्लाको शिवराज नगरपालिकामा ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
आज (मंगलबार) संक्रमण पुष्टि भएका मध्ये २८ जना पुरुष र ६ जना महिला रहेका जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी गराउनु भयो । थापाका अनुसार संक्रमित मध्ये १२ जना भारतबाट आएका, ४ जना संयुक्त अरब इमिरेट्स (दुबई) बाट आएका, ३ जना कतारबाट आएका र २ जना साउदी अरवियाबाट आएका छन् । अन्य १३ जना स्थानीय बासिन्दा रहेका छन् । समुदायस्तरमा समेत कोरोना संक्रमण देखिएपछि जिल्लामा कोरोनाको त्रास बढेको छ ।
शिवराज नगरपालिकाका विभिन्न स्थानबाट ८४ जनाको स्वाब लिइएकोमा ३४ जनाको रिपोर्ट पोजेटिभ आएको कारोना फोकल पर्सन थापाले बताउनु भयो । सबै नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा परिक्षण गरिएको हो । आज ३४ जना कोरोना संक्रमित थपिए संगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ७९६ पुगेको छ ।
प्रकाशित मिति : मंगलबार, साउन १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्