जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु द्वारा वन्कसवासा देखि धानखोला सम्म ट्राफिक सचेतना बोर्ड जडान

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु द्वारा वन्कसवासा देखि धानखोला सम्म ट्राफिक सचेतना बोर्ड जडान

कपिलवस्तु-जिल्ला ट्राफिक कार्यालय गोरूसिंगे, कपिलवस्तुले सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ कपिलवस्तु जिल्लाको वन्कसवासा देखि धानखोला सम्म सम्भावित पहिरो जान सक्ने ठांउमा ट्राफिक सचेतना बोर्ड जडान गरिएको छ ।
सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ सवारी चालक लाई बाटोमा जानकारी गराउनका लागी वन्कसवासा देखि धानखोला सम्म पहिरो जान सक्ने सम्भावित ठाउँ मा सावधान, पहिरो खस्ने स्थान, सावधानी पूर्वक यात्रा गर्नु होला(पहिरो खस्ने ट्राफिक संकेत गरेको चित्र ) भएको बोर्ड जिल्ला ट्राफिक कार्यालय गोरूसिंगे, कपिलवस्तु ट्राफिक प्रमुख प्रहरी निरिक्षक टक्कर स्वाॅर ले आफै उक्त ठाउँमा पुगेर बोर्ड जडान गर्ने कार्य सराहनीय रहेको स्थानीय को भनाई रहेको छ ।
पछिल्लो समयमा देशको अधिकांश भागमा लगातार बर्षा का कारण विभिन्न ठाउँमा पहिरो गएका ले जन-धनको क्षती लगायत सवारी साधनलाई समेत क्षति हुने हुदाँ पहिरो खस्न सकने सम्भावित ठाउको पहिचान गरि सवारी दुर्घटना न्यूनिकरण गर्न, चालक लाई सावधानी पूर्वक गाड़ी चलाउन , सहयोग पुग्ने हुदाँ उक्त ट्राफिक सचेतना बोर्ड जडान गरिएको कुरा जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरूसिंगे, कपिलवस्तु प्रमुख ट्राफिक प्रहरी निरिक्षक टक्कर स्वाॅर ले जानकारी दिनुभयो ।

प्रकाशित मिति : बुधबार, साउन १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij