काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इतर समूहको विरोधकाबीच पार्टीको ज्येष्ठ राजतीतिज्ञ सभा विस्तार गरेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विभाग र अन्य समितिहरु विस्तार कार्य रोकन माग गरिहरेका बेला देउवाले बुधबार चार सय ७९ जनालाई मनोनयन गर्दै जेष्ठ राजनीतिज्ञ सभा गठन गरेका हुन् ।
कांग्रेसको नियमावली २०७६ को नियम ५० बमोजिम पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभामाका सदस्यहरुलाई मनोनयन गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सभापति देउवाले यसअघि गत फागुन मा ३० जना पार्टीका अगुवा राजनीतिककर्मीहरु समेटेर जेष्ठ राजनीतिज्ञ सभा गठन गरेका थिए ।
वरिष्ठ नेता पौडेल समूहको बुधबार नै सानेपामा बसेको बैठकले महाधिवेशनको मिति निर्धारण भइसकेको
अवस्थामा पार्टीका विभाग र समितिहरु विस्तार नगर्न सभापति देउवालाई लिखित पत्र बुझाउने निर्णय गरेको थियो ।
प्रकाशित मिति : बुधबार, साउन १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्