बुटवल ।
बुटवलको लुम्बिनी सिटी अस्पताल तथा मेडिकल साइन्सेज प्रालिले व्यक्ति र संस्थाको चरित्र हत्या र जनमानसमा भ्रम सिर्जना नगर्न आग्रह गरेको छ । अस्पतालले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरेर सञ्चारमाध्यमसंग यस्तो आग्रह गरेको हो ।
अस्पताल प्रशासन प्रमुख लोकनाथ भुसाल, न्युरो सर्जन डा। सुदिपराज सिंह र फार्मेसी सञ्चालक बसन्त जीसीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा केही अनलाइनले अस्पताल प्रशासन, डाक्टर र फार्मेसी सञ्चालकलाई जोडेर प्रकाशित गरेको समाचारमा कुनै सत्यता नभएको उल्लेख गरिएको छ ।
अस्पताल सञ्चालकहरुमाथि सत्य तथ्य विपरित लाञ्छना लगाएर अपहेलना गरिएको उल्लेख गर्दै विज्ञप्तिमा अस्पतालमा लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासको ५० प्रतिशत स्वामित्व कायमै रहेको स्पष्ट पारिएको छ । सेवाग्राही प्रति थप उत्तरदायी बन्दै सेवालाई चुस्त दुरुस्त र गुणस्तरीय वनाउने तर्फ सदैव प्रतिवद्ध रहने समेत विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति : शुक्रबार, साउन १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्