बुटवल–नेपाली कांग्रेस रुपन्देहीको जिल्ला संगठन विभागले स्थानीय तह,बुथ तथा वडा सभापतीहरुको भेला तथा प्रशिक्षण कार्यक्रम आइतबार भैरहवामा सम्पन्न गरेको छ । प्रशिक्षण कार्यक्रममा काँग्रेसका नगरसभापती,गाँउ समितिका सभापती तथा वडा सभापती गरी १ सय ६० जनाको सहभागीता रहेको जिल्ला संगठन बिभागका प्रमुख बाशुदेव रिमालले जानकारी दिनुभयो ।
प्रशिक्षणक उदघाटन कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले लोकतन्त्रको भ्रम छरेर कम्युनिष्ट सरकारले दुइ तिहाइको बलमा देशमा लुटतन्त्र मच्चाइ रहेको बताउनु भयो । सरकारकै संरक्षणमा भ्रष्टाचार र बेथिति मौलाएको भन्दै उहाँले नेपाली काँग्रेसले गाँउ तहबाटै त्यसका बिरुद्ध आवाज उठाइरहेको बताउनु भयो । देश र जनताको सर्वोपरी हितकालािग नेपाली काँग्रेसलाइ अझ शसक्त र क्रियासील बनाएर अगाडी लैजाने अभियानमा लागेको सभापती रज्जाकले बताउनु भयो । कार्यक्रममा संविधान सभा सदस्य इस्तियाक अहमद खाँन,पार्टीका उपसभापती फणिन्द्र शर्मा,सरीता चौधरी, सचिव रामकृष्ण खाँण,हरीप्रसाद काफ्ले,कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, क्षेत्रीय सभापतीहरु क्षेत्र नंं २ का सभापती हरी लम्साल, एकका सभापती हिराबहादुर खत्री,३ का सभापती मातृका यादव लगायतका नेताहरुको उपस्थिती थियो ।
कार्यक्रममा केन्द्रिय निति तथा अनुन्धान प्रशिक्षण प्रतिष्ठानका सदस्य मदन कट्टेलले पार्टीको नीति,कार्यक्रम तथा संगठन र सदस्य बिस्तारका सम्बन्धमा प्रशिक्षाण दिनु भयो ।
जिल्ला संगठन बिभागका प्रमुख बासुदेव रिमालले प्रशिक्षण कार्यक्रमको समापन गर्दै हरेक स्थानिय तह र गाउँ गाँउमा पुगेर पार्टी संगठनलाई विस्तार गर्ने काम बिभागले गरीरहेको बताउनु भयो । बिभागका उपप्रमुख बाबुराम भट्टराइको स्वागत र सचिव सुदर्शन नेपालको संचालमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रकाशित मिति : आइतबार, साउन १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्