आज थप ४१८ जनामा कोरोना संक्रमण

आज थप ४१८ जनामा कोरोना संक्रमण

नेपालमा आज थप ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार थप ४१८ जनामा कोरोना पोजिटिभ भएको जानकारी दिएको छ ।

यससँगै नेपालमा संक्रमितकाे संख्या २० हजार ७५० पुगेकाे छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ५ हजार ७३२ रहेको छ ।

प्रादेशिक तथ्यांकअनुसार प्रदेश एकमा २९० जना, प्रदेश दुईमा २ हजार ३५७ जना, वाग्मतीमा ६५१, गण्डकीमा २७२ जना, प्रदेश पाँचमा ३१५ जना, कर्णालीमा २९८ जना र सुदूरपश्चिममा १५ सय ४९ जना संक्रमित रहेका छन् ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार ७५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३५८ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

काेराेनाबाट मृत्यु हुनेकाे संख्या ५७ रहेकाे छ ।

प्रकाशित मिति : सोमबार, साउन १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij