बुटवल।
रूपन्देहीका २ सहित साेमबार प्रदेश ५ का २२ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश सामाजिक विकास मन्त्रालयबाट जारी छुट्टाछुट्टै बिवरण अनुसार पछिल्लो २४ घण्टामा प्रदेश ५ का थप २२ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा रूपन्देहीका २ जना,कपिलवस्तुका २ जना,गुल्मीका १ जना,दाङका १ जना,रूकुम पुर्बका ७ जना,बाँकेका ८ जना र बर्दिया जिल्लाका १ जना गरि जम्मा २२ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आयाेजित छुट्टाछुट्टै मिडिया ब्रिफिङमा जानकारी गराका हुन् ।
प्रदेश ५ मा अझै ३ सय १५ जना काेराेना भाइरस संक्रमित उपचाररत रहेको र ४ हजार ६६ जना उपचारपछि निकाे भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काेराेना भाइरस संक्रमणका कारण प्रदेश ५ मा १३ जनाको मृत्यु भएको छ भने १ हजार ३ सय ४० जना क्वारेन्टाइनमा रहेका छन् ।
पिसीआर परिक्षणका लागि प्रदेश ५ मा ५७ हजार ९ सय १७ जनाको थ्राेट स्वाब संकलन गरिएकोमा ५६ हजार ७ सय २२ थ्राेट स्वाब परिक्षण भैैैैैैैैसकेकाे र १ हजार १ सय ९५ थ्राेट स्वाब परिक्षण गर्न बाँकी रहेको सामाजिक विकास मन्त्रालयका बरिस्ठ जनस्वास्थ्य प्रशाशक डा उमाशंकर प्रसाद चाैधरीले जानकारी दिए ।
प्रकाशित मिति : सोमबार, साउन १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्