कोरोनाको खोप कहिल्यै पत्ता नलाग्न पनि सक्छ: डब्लुएचओ

कोरोनाको खोप कहिल्यै पत्ता नलाग्न पनि सक्छ: डब्लुएचओ

 विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसविरुद्धको औषधि र उपयुक्त खोप कहिल्यै पनि पत्ता नलाग्ने सम्भावना रहेको बताएको छ ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरसविरुद्धको खोप चाँडै उपलब्ध भइहाले पनि अहिले यसको कुनै अचूक औषधि नभएको र सायद कहिल्यै पनि नबन्न सक्ने बताएका हुन् । केही खोपहरू अहिले तेस्रो चरणको मानवीय परीक्षणको चरणमा रहेको हुदा यसले संक्रमणबाट जोगाउने आशा राखिएको छ ।

‘अहिले भाइरसको कुनै अचुक औषधि छैन र यो कहिले पनि नभेटिने सम्भावना पनि छ,’ डा. टेडरोज भन्छन्, ‘अहिलेका लागि महामारी नियन्त्रणमा लिने उपाय भनेको परीक्षण, आइसोलेसन र मास्कको प्रयोग गरेर महामारी रोक्ने काम जारी राख्छौं ।’ टेड्रोसले यसअघि कोरोना भाइरस कहिल्यै समाप्त नहुने र यससँगै बाँच्न सिक्नुपर्छ बताइसकेका छन् ।

कोरोना मौसमी रोग भएको हुँदा मौसममा परिवर्तन हुँदा कोरोनामा कुनै असर नपर्ने बताइएको छ । डब्लुएचओ प्रमुख डा. टेडरोजले विश्वभरका मानिसलाई सामाजिक दुरी, हातको सफाइ तथा मास्क प्रयोग गर्नेसहितका उपायहरू अपनाउन अपिल गरेका छन् । साथै, उनले कोरोना संक्रमित आमाहरूले आफ्नो शिशुलाई स्तनपान गराउन रोक्न नहुने पनि जानकारी दिएका छन् ।

प्रकाशित मिति : मंगलबार, साउन २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij