JanataToday.com

Advertisment

SKIP THIS

कृषिक्षेत्रको विकाशका लागि किसानहरू जागृत भैरहँदा पनि सरकारी सम्बोधन नगण्य भएको ठहर

कृषिक्षेत्रको विकाशका लागि किसानहरू जागृत भैरहँदा पनि सरकारी सम्बोधन नगण्य भएको ठहर

तिलोत्तमा -कृषिक्षेत्रको विकाशका लागि किसानहरू जागृत भैरहँदा पनि सरकारी सम्बोधन नगण्य भएको आज (सोमबार) रूपन्देहीको कान्छीबजारमा आयोजित “उत्पादनका लागि उत्प्रेरणा” कार्यक्रमका सहभागीले ठहर गरेका छन् ।

तिलोत्तमा नगरपालिका वार्डनम्बर –१० शान्तिनगरमा स्वस्फूर्त रूपमा धानखेतमा माछापालक कृषक समूहसँग आज (सोमबार) भएको सम्वाद कार्यक्रमका सहभाग(ीले यस्तो निष्कर्ष निकालेका हुन् ।

गाईवस्तुका लागि मकैको बोटबाट बनाइने गुन्द्रुक उत्पादक “उत्तम साइलेज कम्पनी” को सहकार्यमा सञ्चालित “समृद्धिका लागि उत्पादन, उत्पादनका लागि सम्वाद” कार्यक्रममा संघीय, प्रदेश र स्थानीय सरकारले कृषिक्षेत्रलाई वास्तवमै उठान गर्न नसकिरहेको बताए ।

करोडौं रकमका विविध सुविधा भोग्ने तीनवटै सरकारका कृषि विभागले साधारण कृषि औजार, प्रशिक्षण र कृषि सामाग्री समेत निकासा गर्न नसकेको बताएका थिए ।

धानखेतमा माछापालक समूहका अध्यक्ष रामबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक अभियन्ता डा. दामोदर भूसालले जनसेवकहरूका व्यवहार सामन्ती चिन्तनबाट ग्रसित भएको भन्दै त्यसलाई परिवर्तन गर्न किसानहरू नै जाग्नुपर्ने बताउनुभयो । सरकारले जारी गर्ने नीति तथा कार्यक्रम सरोकारवाला किसानहरूको सहभागिता र संवादसहित आउनुपर्नेमा त्यस्तो नहुँदा सरकारका कार्यक्रम प्रभावहीन भएको बताउनुभयो ।

सो अवसरमा उत्तम साइलेज कम्पनीका प्रोप्राइटर भेषराज पाण्डेले मकैखेती गर्ने तरीका, त्यसबाट हुने उपयोगिता र अधिक नाफा आर्जनको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

माछापालक समूहका सचिव शिव ढकालको सञ्चालनमा भएको कार्यक्रममा उत्प्रेरणा प्रशिक्षक मुक्तिनाथ गैह्रेले समय र प्रविधिको सदुपयोगबाट कृषिमा पनि धेरै मुनाफा आर्जन गर्न सकिने बताउनुभएको थियो ।

भौतिक दुरी र सुरक्षा सतर्कता सहित स्थानीय अगुवाहरू गोपालप्रसाद घिमिरे, घनसिंह पुन, कृष्णबहादुर श्रेष्ठ, सञ्चारकर्मी भरत प्रधान, साइलेज कम्पनीका सञ्चालकहरू कृष्ण गैरे, रूपेश पाण्डे लगायतको उपस्थितिमा भएको कार्यक्रममा ३७ जना कृषकहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : मंगलबार, साउन २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij