स्तनपान सप्ताहसंगै रोटाखोप बारे तिलोत्तमामा सहजीकरण कार्यक्रम सम्पन्न

स्तनपान सप्ताहसंगै रोटाखोप बारे तिलोत्तमामा सहजीकरण कार्यक्रम सम्पन्न

 

मणिग्राम-तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज तिलोत्तमा मणिग्राम स्थित नलिनी खोप केन्द्रमा स्तनपान सप्ताह तथा रोटा खोप सम्बन्धि सहजीकरण कार्यक्रम सम्पन्न भएको छ l

नगरपालिकाको नियमित खोपको उदघाटन गर्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी देवी चौधरीले बच्चा र आमाको स्वास्थ्यका लागि स्तनपान एकदमै महत्वपुर्ण रहेको बताउनु भएको छ l
उहाले पछिल्लो समय झाडापखालाको अचुक खोप रोटा खोप समेत बच्चालाई खुवाउनुपर्ने बताउनुभयो स्तनपान सम्बन्धि गलत धारणालाइ चिर्दै सामाजिक एकता बिश्वास र पारिवारिक सुखका लागि स्तनपानको बिशेस महत्व रहेको उहाको भनाइ छ l

तिलोत्तमा नगरपालिका वार्ड नम्बर ६ का अध्यक्ष सुखदेव न्यौपानेको अध्यक्ष्यतामा सम्पन्न सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले स्तनपान र रोटाखोपले बालबालिका मात्रै नभई आमाको स्वास्थ्य र प्रत्यक्ष रुपमा देश बिकाशमा टेवा पुग्ने बताउनुभयो l उहाले स्तनपान अमृत समान नारामै मात्र सिमित नभएर बास्तवमै अमृत रहेको पनि बताउनुभयो l

त्यस्तै सो कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वार्ड नम्बर ६ का अध्यक्ष सुखदेव न्यौपानेले पूर्ण सरसफाई प्रबर्धन र पूर्ण खोपको प्रतिबद्दता मा सबैले साथ् दिनुपर्ने बताउनुभयो l सो कार्यक्रममा स्तनपान र खोपको महत्वका बारेमा तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मोतिप्रसाद पौडेल, स्वास्थ्य स्वयमसेविका भगवती पौडेल ,स्वस्तिका भण्डारी लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो l

आनन्दबन स्वास्थ्य चौकीका प्रमुख ज्ञानप्रसाद पौडेलको स्वागत मन्तव्य बाट शुरु भएको सो कार्यक्रमको संचालन थानेश्वर बस्यालले गर्नुभएको थियो l नगरपालिकाले नियमित खोप शुरुवात संगै पूर्ण सरसफाई अभियान नियमित रुपमा गर्दै आएको छ l

 

प्रकाशित मिति : बुधबार, साउन २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij