अमेरिकी नियामक निकायले कोरोना भाइरसको भ्याक्सिनका लागि वैज्ञानिकलाई कुनै राजनीतिक दबाब नदिइने बताइएको छ ।
बीबीसीमा उल्लेख गरेअनुसार अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले भ्याक्सिनका लागि कुनै दबाब नदिइने तथा राजनीतिक हस्तक्षेप नहुने भन्ने कुरामा आश्वस्त पारेका हुन् । भ्याक्सिनका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको सुरक्षा र प्रभावकारी मानक हो, राजनीतिक दबाब होइन ।
अमेरिकामा ३ नोभेम्बरमा राष्ट्रपति चुनाब हुन लागेको हुँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाबअघि नै कुनै प्रभावकारी भ्याक्सिन बन्ने आशा राखेका छन् । तर, आगामी अक्टोबर महिनासम्म अमेरिकाले भ्याक्सिन सार्वजनिक प्रयोगका लागि निकाल्न सकेको खण्डमा ट्रम्पलाई चुनाब जित्न मद्दत मिल्न सक्ने विश्लेषण गरिएको छ ।
फाउचीले अर्को वर्षको सुरुवातमा कोरोना भाइरसको करोडौं डोज आउन सक्ने बताएका छन् । भ्याक्सिन निर्माण कम्पनीहरूले सन् २०२१ को अन्त्यसम्म भ्याक्सिनको करोडौं डोज पाइने कुरा बताएको हुँदा स्थिति नियन्त्रणमा भएमा भ्याक्सिन बनाउने प्रक्रिया सकारात्मक रहेकोमा फाउची आशावादी छन् तर यकिन गर्न नसकिएकाले भ्याक्सिनका लागि ग्यारेन्टी दिन नसकिने उनको भनाइ छ ।
प्रकाशित मिति : बिहिबार, साउन २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्