JanataToday.com

Advertisment

SKIP THIS

दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि प्रहरी र यातायात व्यवसायीबीच सहकार्य जरुरी

दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि प्रहरी र यातायात व्यवसायीबीच सहकार्य जरुरी

बुटवल-दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि प्रहरी र यातायात व्यवसायीबीच सहकार्य जरुरी रहेको एक कार्यक्रममा वोल्ने सरोकारवालाले जोड दिएका छन् ।
प्रदेश पांँचमा दुर्घटना बढेको र प्रदेशको अस्थायी राजधानी बुटवलमा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको भन्दै उनिहरुले प्रहरी र व्यवसायी बीच सहकार्य गरी अगाडी बढे समस्याको समाधानमा सहजता हुने बताएका छन । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलले बिहिबार आयोजना गरेको नव आगन्तुक प्रहरी प्रमुखहरुको स्वागत तथा परिचयात्मक कार्यक्रममा सहभागी सरोकारवालाले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा पांँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख तथा प्रहरी उपरिक्षक डम्बर बहादुर विकले शान्ति सुरक्षासंगै ट्राफिक व्यवस्थापनमा नागरिक समाज र व्यवसायी संघसस्थाहरुको सहयोग आवश्यक रहेको बताउनुभयो ।
उहांँले प्रदेशका सबै यातायात व्यवसायीहरुसंग सहकार्य र समन्वय गरी प्रदेशको ट्राफिक व्यवस्थापन र ओभरलोड नियन्त्रणका लागि कार्ययोजना बनाएर अगाडी बढ्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।
समितिका अध्यक्ष यमप्रसाद पाण्डेले भारतीय गाडिहले बोक्ने ओभारलोडका कारण नेपालका राजमार्गहरु जीर्ण बन्दै गएको र यातायात व्यवसायीको व्यवसाय चौपट भएको भन्दै ओभरलोड नियन्त्रणका लागि सरोकारवाला निकायलाई गम्भीर बन्न आग्रह गर्नुभयो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक प्रतितसिंह राठोरले सवारी दुर्घटना न्यूनीकरणका लागि गुडीरहेको अवस्थामा सवारी साधन विग्रिदा सडकबाट सुरक्षित स्थानमा पार्किङ गराउनेतर्फ व्यवसायीहरु सचेत हुन जरुरी रहेको औल्याउनुभयो ।
पांँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेले छाडाचौपाया यस क्षेत्रका लागि विकराल समस्या देखिएकाले स्थानीय तहहरुले त्यसको व्यवस्थापनका लागि कार्ययोजना बनाउनु पर्नेमा जोड दिनुभयो ।
समितिका वरिष्ठ उपाध्यक्ष प्रतापबहादुर कार्की र महासचिव जीतबहादुर भाटले सवारी दुर्घटना तथा ओभरलोड बोकेका सवारी साधनहरुलाई कसैको दवावमा परेर यथार्थता भन्दा फरक तरिकाले अनुसन्धान नगर्न प्रहरी प्रसाशनलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष टिकाराम गौतम, समितिका उपाध्यक्षद्वय डिल्ली रिजाल, खिमबहादुर थापा, सचिव बसन्त खड्का, कोषाध्यक्ष हरिप्रसाद रिमाल, कार्यालय प्रमुख बाबुराम अधिकारी लगायतले ओभरलोड नियन्त्रणका लागि प्रहरी प्रसाशनको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रकाशित मिति : बिहिबार, साउन २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij