JanataToday.com

Advertisment

SKIP THIS

आईसीसी वरीयता : नेपाल यथावत स्थानमा, पारस र सन्दीप मात्र टी–२० को शीर्ष सयमा

आईसीसी वरीयता : नेपाल यथावत स्थानमा, पारस र सन्दीप मात्र टी–२० को शीर्ष सयमा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले लामो समयपछि वरीयता निकालेको छ । आईसीसीले पछिल्लो पटक सार्वजनिक गरेको एकदिवसीय वरीयतामा ब्याटिङ, बलिङ र अलराउण्डमा नेपालबाट एक सयभित्रमा एक जना पनि परेका छैनन् ।

टिमको वरीयतामा भने नेपाल १६औं स्थानमा यथावत छ । अन्तिम पटक मे महिनामा रिलिज भएको वरीयतामा नेपाल १६औं स्थानमा थियो । नेपालले अहिले १८ रेटिङ पाएको छ ।

तर, खेलाडीको ब्यक्तिगत वरीयताका हकमा भने यतिबेला कुनै खेल नहुँदा खेलाडी एक सयभित्र पनि पर्न सकेका छैनन् । टी २० नेपाल १५औं स्थानमा यथावत छ । तर, ब्यक्तिगत खेलाडीका हिसाबले नेपालका चार खेलाडी विभिन्न विधामा वरीयताको १०० भित्र रहेका थिए ।

तर, अहिले पूर्वकप्तान पारस खड्का र सन्ीदप लामिछाने मात्र यो वरीयतामा छन् । यसअघि अलराउण्डमा पारस, सोमपाल शीर्ष एक सयभित्र रहेका थिए । बलिङमा सोमपाल, सन्दीप र करण केसी शीर्ष एकसयमा पुगेका थिए ।

तर, अहिले एकदिवसीय बलिङमा तीन खेलाडी १०० भित्र छैनन् । ब्याटिङमा अहिले पारसमात्र सयभित्र रहेका छन् । उनी हाल ७५औं स्थानमा छन् । बलिङमा यसअघि सोमपाल, करण केसी पनि अटेका थिए । तर, अहिले सन्दीप ८४ औं स्थानमा छन ।

अलराउण्डमा पनि नेपालका कुनैपनि खेलाडी सूचीमा पर्न सकेका छैनन् ।

प्रकाशित मिति : बिहिबार, साउन २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij