कानुन सम्बत रुपमा क्षतीपुर्ति माग्दा नगरपालिले जानकारी नै नदिइ घर भत्काइदिएको हमालको गुनासो

कानुन सम्बत रुपमा क्षतीपुर्ति माग्दा नगरपालिले जानकारी नै नदिइ घर भत्काइदिएको हमालको गुनासो

घटनाको छानविन गरी दोसीलाई कारवाही गर्न संघसंस्थाहरुको माग

बुटवल – बुटवल उपमहानगरपालिकाले सर्बोच्च अदालतमा मुद्धा विचाराधिन रहेको अवस्थामा घरमा डोजर लगाएर आफूमाथि अन्याय गरेको बुटवल ९का खिमबहादुर हमालले बताउनु भएको छ । आफूलाई बिना जानकारी बुधबार बिहानै सुतिरहेको अवस्थामा बाहिर निस्कन समेत नभई एकाएक घरमा डोजर चलाएर नगरपालिकाले मानवता बिरोधी काम गरेको बताउँदै घटनाले नागरिकको नैसर्गिक अधिकारको हनन भएको र सोही बिषयसंग सम्बन्धित मुद्धा अदालतमा बिचाराधिन अवस्थामा रहेकाले अदालतको समेत मानहानी गरेको आरोप लगाउनु भयो ।
बिहिबार बुटवलमा पत्रकारहरुसंग भेटघाट गरि आफूले सबै प्रकृया र मापदण्ड पूरा गरी खरिद गरिएको जग्गामा मापदण्ड अनुसार नै निर्माण गरिएको घर भत्किँदा क्षतिपूर्ति माग गर्नु आफ्नो अधिकार भएको उल्लेख गर्दै अधिकार माग गर्नु कुनै अपराध नभएको पनि अल्लेख गर्नुभएको छ ।
बुटवल ९ कालिकापथका स्थानीय हमालको घरमा बुधबार बिहानै नगरपालिकाले बल प्रयोग गरेर घर भत्काइदिएको थियो । हमालले बिहिबार बुटवलमा पत्रकार सम्मेलन गरी डोजर लगाउनु अघि नगरपालिकाले आफुहरुलाइ बाहिर निस्कन सुचित समेत नगरेको गुनासो गर्नु भयो । राज्यका ऐन कानुन र मापदण्ड अनुरुप खरीद गरी निर्माण गरीएको घर स्थानीय सरकारले नै भत्काइदिदा ५० लाखको क्षती भएको उहाँको दावी छ ।
हमालको घर भएको कालीकापथ सडक नगरपालिकाले ८२ फुटमा बिस्तार गर्दैछ । साविकको सडक चौडा गरी ८२ फुटको बनाउने निर्णय गर्नु अगावै आफुले सो स्थानमा जग्गा खरीद गरी घर बनाएको उनको दावी छ । त्यस सम्बन्धि आवश्यक सम्पुर्ण कागजात सुरक्षित रहेको भन्दै उनले आफनो सम्पत्ती सरकारलाइ दिदा क्षतीपुर्ति पाउनु पर्ने बताउनु भयो । सो सडकको क्षेत्राधिकार आफुले नमिचेको दावी हमालको छ ।
आफु बिकास बिरोधी नभएको भन्दै हमालले कानुन सम्बत रुपमा क्षतीपुर्ति पाए सडक चौडा गर्न नगरपालिकालाइ सहयोग गर्ने बताए । बाटो चौडा गर्नुपर्छ भन्ने पक्षमै आफु रहेको प्रष्टयाउदै उनले कानुन सम्बत रुपमा क्षतीपुर्ति पाउनु पर्ने बताए ।
क्षतीपुर्तिकालागि नगरपालिकासंग पटक पटक आग्रह गर्दापनि सुनुवाइ नभएपछि न्यायकालागि अदालतको ढोका ढकढकाउनु परेको हमालले बताउनु भयो । तत्कालिन समयमा मौजुदा ऐन कानुन र मापदण्ड अनुरुपको जग्गा छोडेरै घर बनाएकाले क्षतीपुर्तीको माग गर्दै हमालले सर्वोच्चमा मुद्या हाल्नु भएको छ । मुद्याको सुनुवाइ बुधबारलाइ तोकीएको थियो । त्यसको सुइको मंगलबार नै पाएपछि नगरपालिकाले बुधबार बिहानै सुरक्षा घेरा हालेर हमालको घरमा डोजर चलाएर भत्काइदियो । घर भत्काइदिदा दशबर्षे बालिका सहित परिवारका अन्य सदस्य घर भित्रै थिए । ‘नगरपालिकाले डोजर लगाउनु अघि हामीलाइ बाहिर निस्कनुस त भन्नु पथ्र्यो तर भनिएन । एक्कासी घरमा डोजर लगाउदा इटा उछिट्टिएर नातिनी सुतीरहेको बिस्तारामै पुग्यो । मन चिसो भयो’ । हामी सबै आत्तियौं’ हमालले भन्नुभयो । स्थानीय सरकारले नै आफुलाइ अपराधीलाइ जस्तो व्यवहार गरेको भन्दै उनी पत्रकार सम्मेलनमै भावुक बन्नु भयो
घर धनीले क्षतीपुर्तीकालागि दिएको मुद्या उपर सुनुवाइ नहुँदै घर भत्काउन हतारिनु स्थानीय सरकारको दादागिरी भएको अधिवक्ता महेन्द्र पाण्डेले बताउनु भयो । ‘सरकारले जनताको सम्पती लिदा नागरिकको मौलिक अधिकार,ऐन कानुन बिधिको अक्षरस पालन गर्नु पर्छ । राज्य नै स्वच्छ्याचारी बन्न पाइदैन’ अधिवक्ता पाण्डेले भन्नु भयो ।
संविधानले सम्पत्ती माथिको अधिकारलाइ मौलिक अधिकारको रुपमा व्याख्या गरेको छ । जग्गा प्राप्ती ऐन २०१३ अन्तर्गत राज्यले व्यक्तिको जग्गा सार्वजनिक प्रयोजनकाागि लिन सक्छ तर त्यसकालागि उचित क्षतीपुर्ति अनिबार्य दिनु पर्छ । त्यस्तै सडक ऐन २०३१ अनुसार सडक चौडा वा बिस्तार गर्दा सो समय भन्दा पहिले नै निर्माण भएका घर छन भने ती घर बापतको समेत क्षतीपुर्ति राज्यले उपलब्ध गराउनु पर्ने कानुनी प्रावधान छ । तर बुटवल उपमहानगरले संविधानले दिएका मौलिक अधिकार र ऐन कानुन बिपरित नगारिकको घरमा डोजर लगाएको अर्का अधिवक्ता बाबुराम पाण्डेले बताउनु भयो ।

घटनाको छानविन गर्न र दोसीलाई कारवाही गर्न माग
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका हमालको घरमा डोजर लगाई भत्काईएको घटनाको बिभिन्न संघसस्थाहरुले बिरोध गरेका छन । बुटवल उद्योग बाणिज्य संघले उक्त घटनाको निश्पक्ष छानविन गरि दोसी उपर कारवाहीको माग गरेको छ । अदालतमा बिचाराधिन मुद्धामा अमानवीय शैलिमा घर भत्काउनु अभिभावको रुपमा रहेको स्थानीय सरकारको न्यायालय प्रतिको अपहेलना, जनताप्रति संवेदनहीनता र बिधिको शासन विरुद्धको कदम भएको ठहर गरिएको उल्लेख गरिएको छ ।
संघका कार्यवाहक अध्यक्ष उज्ज्वल कसजुद्वारा जारी विज्ञप्तीमा कानुन सम्बध रुपमा मुआब्जा प्रदान गर्न र दोसी उपर हदैसम्मको कारवाही गर्न माग गरीएको छ । जनताको मौलिक अधिकार हनन गर्ने,आतंकित पार्ने र घर भत्काई धनमालको समेत क्षती गर्ने नियत नगरपालिकाको देखिएको विज्ञप्तिमा जनाइएको छ ।
तिलोत्तमा उद्योग बाणिज्य संघले पनि बिहिबारै प्रेस विज्ञप्ती जारी गरी बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हमालको घरमा स्थानीय सरकारले डोजर लगाएर भत्काएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष गुणनिधी भण्डारी (माधव)द्वारा जारी विज्ञप्तीमा मापदण्ड अनुसार बनाईएको घर अधिग्रहण गर्ने प्रचलित कानुन विपरित बल प्रयोग गरेर भत्काईएको प्रति खेद व्यक्त गरिएको छ ।

प्रकाशित मिति : शुक्रबार, साउन २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij