शुक्रबार थप ४६४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २२ हजार २१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
विभिन्न प्रयोगशालामा ७ हजार ९२६ जनामा गरिएको परीक्षणमा थप ४६४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ६ हजार ३३० रहेको छ । प्रादेशिक रूपमा संक्रिय संक्रमितकाे संख्या प्रदेश नं १ मा ४२५, प्रदेश २ मा २ हजार ८३९, वागमतीमा ९४३, गण्डकीमा २७६, प्रदेश नं ५ मा ३७६, कर्णालीमा २३१ र सुदूरपश्चितमा १ हजार २४० रहेकाे छ ।
यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ८१४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४२५ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टायता थप पाँच जनाका कोरोनाबाट ज्यान गएकाे छ । यससँगै काेराेनाबाट मृत्यु हुनेकाे संख्या ७० पुगेकाे छ ।
प्रकाशित मिति : शुक्रबार, साउन २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्