भैरहवा -रुपन्देहीमा गए राती कार दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ १ जना घाइते भएका छन । परासीबाट भैरहवा तर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टदा ३ जनाको मृत्यु भएको हो ।
रुपन्देहीको रोहिणी गाउपालिका वडा नम्बर ४ छिपागढ स्थित हुलाकी सडक खण्डमा लु २ च ६७५६ नंम्बरको कार अनियन्त्रित भई पल्टदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।सडकबाट करिब १० मिटर तल खस्दा कारमा सवार ४ जना घाईते भएका थिए । घाइते लाइ उपचारको लागि भैरहवाको भिम अस्पतालमा लगिएको थियो ।
३ जनाको उपचारको क्रममा मृत्यु भएको थियो । मृत्यु हुने मा सिद्धार्थनगर पालिका ४ का २८ वर्षिय देवेन्द्र चौधरी,कोटहीमाई गाउ पालिका ३ का २७ वर्षिय नौसाद दर्जी, नवल परासी रामग्राम का १२ वर्षिय प्रदिप ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रवक्ता खडक बहादुर खत्री ले जानकारी दिएका छन ।
घाइते ओमसतिया गाउ पालिका ४ का ३४ वर्षिय अनिल यादव रहेको प्रहरी ले जनाएको छ । घाइते को भैरहवा स्थित भिम अस्पताल मा उपचार भैरहेको प्रहरी ले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, साउन २४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्