बुटवल – प्रदेश ५ की महिला सांसद कृष्णा केसीलाई कोरोना संक्रमण भएको छ ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको थियो । सांसद केसी आफ्नो निर्वाचन क्षेत्र नरैनापुरमा कोरोना महामारीका बेला आयोजित विभिन्न कार्यक्रममा सहभागी हुने गरेकी थिइन् ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की सांसद केसीले शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् । उनले आफ्नो नजिक सम्पर्कमा आएकाहरुलाई सेल्फ आइसोलेसनमा बस्न र पीसीआर परीक्षण गराउन आग्रह गरेकी छिन् ।
प्रकाशित मिति : आइतबार, साउन २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्