बुटवल-रुपन्देही व्यापार संघले आइतवार एक विज्ञप्ति जारी गर्दै पछिल्ला समयमा समुदायमा कोरोना संक्रमण देखापरेको भन्ने समाचार सार्वजनिक भएका कारण वजारमा भिडभाड गर्ने काम बन्द गर्दै पसल तथा व्यवसाय सञ्चालकहरुलाई आफ्नो व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गरेर मात्र सञ्चालन गर्न अपिल गरेको छ ।
संघका अध्यक्ष यमलाल लोहनी तथा महासचिव दयानिधि भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा केही दिन यता वजारमा अस्वाभाविक भिडभाड बढेको र वजारमा सामाजिक दुरी कायम गर्ने तथा सुरक्षाका निर्देशिकाहरु पालन नगरेको भन्ने गुनासा सुनिन आएको हुदा त्यसमा संघको गम्भिर ध्यानाकर्षण भएको पनि जनाइएको छ । समुदायस्तरमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन गरिएका स्वाब परिक्षणका क्रममा बुटवल लगायत यस क्षेत्रमा पनि समुदायमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सामाचार बाहिर आएको उल्लेख गर्दै त्यसतर्फ सचेत रहन भनिएको छ ।
लकडाउनका कारण सम्पूर्ण अर्थतन्त्र तहसनहस बनेको अवस्थामा जनजीवनलाई कोरोनास“गै जुध्दै गतिविधि सुचारु गर्ने वातावरण बनाउने जिम्मेवारी हामी सबैको हातमा रहेको भन्दै विज्ञप्तिमा सामाजिक दूरी कायम गर्ने, सचेतना, सतकर्ताका उपायको पूर्णपालना गर्ने गराउने कुरामा कुनै सम्झौता नगर्न व्यवसायीहरुलाई आव्हान गरिएको छ । विज्ञप्तिमा भनिएको छ – कोरोनाले जीवनमा पार्ने क्षति, त्यसले परिवारमा हुने विचल्लीबारे सचेत बनौं । काम नभई घर बाहिर जाने नगरौं । सुरक्षाका मापदण्डहरु पालना गरौं ।
संघले बढ्दो कोरोना संक्रमणप्रति सजक हुन व्यवसायीहरुमा अपिल गर्दै त्यसमा चुकेको खण्डमा कोरोनाको संक्रमण बढ्ने र व्यवसाय सञ्चालनमा बन्देज लाग्न सक्ने भएको हु“दा गम्भिर बन्न व्यवसायीहरुलाई विज्ञप्तिमार्फत आग्रह गरेको छ । लामो लकडाउनपछि व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुले आफ्नो व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गर्नुका साथै ग्राहक÷उपभोक्ताहरुलाई पनि पालना गर्न गराउन संघले भनेको छ ।
यसैगरी बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्म तथा तिनाउपुलदेखि अस्पताल लाइनसम्मको मुख्य राजमार्ग विगत लामो समयदेखि भत्किएर सवारी साधन सञ्चालन तथा हिडडुल गर्न कठिनाई भैरहेको लामो समय ह“ुदा पनि सम्बन्धित निकायको पर्याप्त ध्यान नपुगेको भन्दै त्यसको स्थायी समाधान गर्न सम्बन्धित निकायस“ग संघले आग्रह गरेको छ ।
प्रकाशित मिति : आइतबार, साउन २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्