नेपालमा ७२ प्रतिशत व्यक्तिले मात्र मास्क लगाउँछन् : अध्ययन

नेपालमा ७२ प्रतिशत व्यक्तिले मात्र मास्क लगाउँछन् : अध्ययन

बुटवल-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा ७२ प्रतिशत व्यक्तिले मात्र मास्क लगाउने गरेको पाइएको निष्कर्ष निकालेको छ ।

आइतबार मन्त्रालयले आयोजना गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव प्रदीप ज्ञवालीले ७२ प्रतिशत व्यक्तिले मात्र मास्क लगाउने गरेको पाइएको जानकारी दिए ।

२८ प्रतिशत व्यक्तिले मास्क नलगाउने गरेकाे साे अध्ययनकाे निष्कर्ष छ ।

उनका अनुसार अनुसन्धान परिषदले हालै गरेको जनस्वास्थ्य मापदण्ड (सामाजिक दूरी, मास्कको प्रयोग र सेनिटाइजर तथा साबुनको प्रयोग) शीर्षकको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो ।

८ साउनमा अनुसन्धान टोली गठन भइ गरिएको उक्त सर्वेक्षण काठमाडौंका सार्वजनिक स्थल तथा तरकारी बजारमा गरिएको थियो ।

४ हजार ५०२ जनामा अवलोकन विधि अपनाएर व्यक्तिहरूले मास्क लगाएको–नलगाएको र मास्क लगाउने तरिकाको बारेमा अध्ययन गर्दा कुलमध्ये ७२.१ प्रतिशतले मास्क लगाउने गरेको पाइएको हो ।

यसैगरी मास्क नलगाउनेको संख्या २७.१ प्रतिशत रहेको थियो । जसमा कपडाको मास्क लगाउनेको संख्या १५.८ प्रतिशत थियो ।

यस्तै सार्वजनिक स्थलमा २ हजार ७०३ जनामा गरिएको अनुसन्धानमा २७.६६ प्रतिशतले ठीकसँग मास्क लगाएको पाइएको थियो ।

नाकमुनि, घाँटीमा वा चिउँडोमा मास्क लगाउनेर हातमा मास्क लगाउनेको संख्या २७.३४ प्रतिशत रहेको थियो ।

प्रकाशित मिति : आइतबार, साउन २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij