बुटवल-नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख सन्तोष साहलाई स्रोत नखुलेको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
इन्जिनियर साहलाई धादिङको धुनिबेंसी नगरपालिका–८ खानीखोलादेखि आइतबार आयोग केन्द्रीय कार्यालयको टोलीले पक्राउ गरेको हो । उनको साथबाट स्रोत नखुलेको दुई लाख ३३ हजार पाँच सय रुपैयाँ नगद र बैंकमा रकम जम्मा गरेको आठ लाख २२ हजार रुपैयाँको भौचर बरामद भएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
विभिन्न व्यक्तिहरुसँग घुस रकम लिएर काठमाडौंतर्फ आउँदै गरेको सूचनाका आधारमा साह पक्राउ परेका हुन् । खानेपानी संस्थान बुटवलको लु १ ञ ९५ नम्बरको गाडीमा सवार रहेका बेला पक्राउ परेका उनीमाथि अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, साउन २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्