काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण हुनेको संख्या २३ हजार नाघेको छ ।
सोमबार थप ३३८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २३ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
विभिन्न ३७ प्रयोगशालामा गरिएको ८ हजार ७३२ जनाकाे परीक्षणमा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ६ हजार ७३८ रहेको छ ।
यता, नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ४९३ पुगेको छ । कुल संक्रमितमध्ये ७०.७ प्रतिशतले कोरोना जितेका हुन् ।
पछिल्लो २४ घण्टामा थप १४० जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
प्रकाशित मिति : सोमबार, साउन २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्