बुटवल- नेपाल कम्युनिष्ट पार्टी बुटवल नगर कमिटीका सचिवालय सदस्य सहित २ सय १८ स्थानीय नेता कार्यकर्ता आज सो पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन ।
नेकपा बुटवल उपमहानगर कमिटिका सचिवालय सदस्य जीतबहादुर मल्ल सहित २१८ जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन । मल्ल पार्टी एकिकरण हुनु अघि तत्कालिन एमालेका नगर कमिटी उपाध्यक्ष हुनुहुन्थ्यो । मल्ल सहित बुटवल उपमहानगरपालिका वडा नं. ११ का नेकपाका १२२ जना संगठित सदस्य र ९६ जना साधारण सदस्य काँग्रेसमा प्रवेश गरेका छन ।
उनीहरुलाई आज बुटवलमा एक कार्यक्रमका बिच नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले पार्टी प्रवेश गराउनु भयो । सभापति रज्जाकले नेपाली काँग्रेस लोकतन्त्र, राष्ट्रियता र समाजवादको मुल्य, मान्यता र सिद्धान्तबाट कतिपनि विचलिन नहुने बताउनु भयो । नेकपाको दुईतिहाई बहुमत हुँदा पनि सरकारले जनताको पक्षमा काम गर्न नसकेको भन्दै उहाँले कम्युनिष्ट पतनको बाटोमा अंगाडी बढेको दावी गर्नुभयो । काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले सत्तामा पुगेकाहरु व्यक्तिवादी चिन्तन र कमाउ धन्दामा लागेकाले कम्युनिष्ट पार्टीप्रति जनताको बिश्वास गुम्दै गएको बताउनु भयो । महासमिति सदस्य युवराज गिरी, काजिमान श्रेष्ठ, क्षेत्रीय सभापति हरि लम्साल, क्षेत्र नं. २ (क) का सभापति माधवलाल देवकोटा, बुटवल नगर सभापति खेलराज पाण्डेले पार्टीमा नवप्रवेशीहरुलाई स्वागत गर्दै पुराना र नवप्रवेशीलाई समान व्यबहार हुने बताउदै आफूहरुलाई परेका समस्या खुलेर पार्टीमा राख्न आग्रह गर्नुभयो ।
मल्लले आज (बुधबार) नै एक प्रेस बिज्ञप्ती जारी गरि आफू सहित २१८ जनाले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । उहाँले जारी गरेको बिज्ञप्तीमा स्थानीय तह, प्रदेश र केन्द्रमा अत्यधिक बहुमतको सरकार हुँदा पनि कम्युनिष्ट पार्टीको नीति अनुसार काम गर्न नसकेको तथा पार्टीको सिद्धान्त र मर्मलाई आत्मसात गर्न नसकेको हुँदा कम्युनिष्ट हुँ भनेर यो पार्टीमा रहनुको औचित्य समाप्त भएको उल्लेख गरिएको छ
प्रकाशित मिति : बुधबार, साउन २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्