बुटवल-बुटवलमा रगतको मौज्दात कम भएपछि आकस्मिक रुपमा रक्तदान गरिएको छ । प्रेत्यक महिनाको अन्तिम शनिबार रक्तदान कार्यक्रम गर्दै आएको नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीले आईतबार आकस्मिक रुपमा रक्तदान गरेको हो । रक्त सञ्चार सेवा केन्द्र बुटवलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेको समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले जानकारी गराउनु भयो ।
नियमित रुपमा प्रत्येक महिनाको अन्तिम शनिबार रक्तदान गर्दै आएको समाजले साउनको अन्तिम शनिबार हिजोमात्रै पनि रक्तदान गरेको थियो । त्यस अवसरमा पनि ६५ जनाले रक्तदान गरेका थिए ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईर (कोभिड–१९) संक्रमण फैलिन नदिनकालागि गत चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि संघसंस्थाबाट हुने नियमित रक्तदानका कार्यक्रम हुन नसक्दा रगको मौज्दात कम भएको रक्त सञ्चार सेवा केन्द्र बुटवलले जनाएको छ ।
रक्त सञ्चार सेवा केन्द्र बुटवलमा अहिले ‘ए पोजिटिभ’ समुहको रगतको मौज्दान नहुँदा बिरामी रित्तो हात फर्किनु पर्ने स्थिती उत्पन्न भएको छ । रक्त सञ्चार सेवा केन्द्र बुटवलकी ल्याव टेक्निसियन राधा ज्ञवालीका अनुसार यो सिजनमा ‘ए पोजिटिभ’ समुहको रगतको माग बढी छ भने अस्पतालहरुले समेत एउटै डाईलाईसिसलाई दोब्बर माग गर्ने गरेका कारण मौज्दात कम भएको हो ।
प्रकाशित मिति : आइतबार, साउन ३२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्