कञ्चनका कृषक समूहहरुलाई मौसमी तरकारीको बिउ बितरण

कञ्चनका कृषक समूहहरुलाई मौसमी तरकारीको बिउ बितरण

कञ्चन-कञ्चन गाउपालिका कृषि बिकास शाखाले कञ्चनका कृषक समूहहरुलाई उन्नत जातको मौसमी तरकाीको बिउ कृषि बिकास शाखा कार्यलयमा बितरण गरेको छ। उन्नत बिउको प्रयोग,उत्पादन बृद्धिमा सहयोग मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तर्गत कञ्चन गाउपालिकाको कृषि बिकास शाखाले मौसमी तरकारीको बिउ बितरण गरेको हो ।
मौसमी तरकारीको बिउ बितरण कार्यक्रममा उपस्थित कृषक समूहका प्रतिनीधिहरुलाइृ मौसमी तरकारीको बारेमा जानकारी दिदै कृषि बिकास शाखाका प्रमुख मगरेपाल गडरियाले समयमै सही ढंगले बाली लगाउन सके तरकारीमा आत्म निर्भर बन्न सकिने बताउनु भएको छ।प्रदेश सरकार मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम अन्तर्गतको उन्नतजातको बिउको प्रयोगले उत्पादनमा पनि बृद्धि हुनुको साथै तरकारीमा आत्म निर्भर बन्न सकिने तर त्यसको लागि किसानहरुले तरकारीको बिउलाई उचित समय र स्थानमा लगाई उचित मल जलको समेत सही तरिकाले प्रयोग गर्नु पर्ने बताउनु भएको छ ।
यस्तै कृषि प्राबिधिक रामप्रसाद अधिकारीले कञ्चन गाउपालिका तरकारी खेतीको लागि उर्वर भुमि भएको र उर्वर भुमिको सही समयमा पहिचान गरी बेलैमा तरकारी खेती गर्न सके कञ्चनवासीले आयाति तरकारीमा निर्भर हुन नपर्ने बताउनु भएको छ।घरमै लगाएर उब्जाएको तरकारी बढी अर्गानिक हुने जसले गर्दा स्वास्थ्यको लागि पनि निकै स्वस्थकर हुने भएकोले सकेसम्म हरेक किसानहरुले आफ्नो घरमा भएको सानो भन्दा सानो बारी तथा खेतमा भएपनि करेसाबारी बनाई तरकारी खेती गर्नु पर्नेमा जोड दिनु भएको छ।
कृषि बिकास शाखाले कञ्चनका २४ वटा कृषि समूहका प्रतिनीधिहरुलाई प्रति कृषक समूहका २४ जना कृषकहरुलाई पुग्ने ६ प्रजातीका मौसमी तरकारीको बिउ बितरण गरिएको छ।कञ्चन गाउपालिकाको वडा नं. ३,४ र ५ मा थप ३०/३० सेट तरकारीको बिउ पठाइएको र कञ्चन गाउपालिका भरी ३ सय सेट मौसमी तरकारीको बिउ बितरण गरिएको कृषि प्राबिधिक रामप्रसाद अधिकारीले जानकारी दिनु भएको छ।

krishi1.jpg
krishi2.jpg

प्रकाशित मिति : आइतबार, साउन ३२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij