बुटवल-बुटवल उपमहानगरपालिकामा ५ जनासहित आज अपरान्ह सम्ममा रुपन्देहीमा १५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । अपरान्ह ४ बजेसम्म स्वास्थ्य कार्यालय रुपन्देहीलाई प्राप्त रिपोर्ट अनुसार १५ जना नयाँ संक्रमित थपिएका हुन् ।
थपिएका संक्रमितहरुमा तिलोत्तमा नगर पालिकामा ७ जना, बुटवल उपमहानगरपालिकामा ५ जना, सुद्धोदन गाँउपालिकामा १ जना र सिद्धार्थनगर नगरपालिकामा १ जना छन् ।
बुटवलस्थित नेशनल प्याथ ल्याव र लुम्बिनी प्रदेशिक अस्पतालको प्रयोगशालाबाट प्राप्त रिपोर्टका आधारमा १५ जना थपिएको तथ्याङ्क आएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्शन केदारनाथ साहले जनाउनुभयो ।
प्रकाशित मिति : सोमबार, भाद्र १ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्