रुपन्देहीका ट्रान्सपोर्ट कम्पनि ढुवानी व्यवसायले भदौं ५ गतेसम्म बन्द गर्ने

रुपन्देहीका ट्रान्सपोर्ट कम्पनि ढुवानी व्यवसायले भदौं ५ गतेसम्म बन्द गर्ने

बुटवल
रुपन्देहीका ट्रान्सपोर्ट कम्पनि ढुवानी व्यवसाय हरु आगामी भदौं ५ गतेसम्म बन्द हुने भएका छन् ।केही दिन यता समुदायमा कोरोना संक्रमण फैलिँदै गएको अवस्थामा ट्रान्सपोर्टबाट सामान ढुवानी गर्दा गाडी चालक तथा मजदुरहरु असुरक्षित देखिएको भन्दै ढुवानी व्यवसायी समिति, रुपन्देहीले भदौं ५ गतेसम्म सेवा बन्द गर्ने निर्णय गरेको समितिका अध्यक्ष कमल घिमीरेले बताउनु भयो ।
संघले मंगलवारदेखि ५ गतेसम्म बन्द ट्रान्सपोर्टबाट कुनै पनि सामानहरु ओसारपसार नगर्न सबै व्यवसायीहरुलाई आवहान गरेको छ । संघले एक अपिल प्रकाशित गरी अत्यावश्यक सेवाका लागि सामान ढुवानी गर्नु परेमा सम्बिन्धित निकायसंग समन्वय गरि आवश्यक सुरक्षाको प्रवन्ध मिलाएर मात्र गर्न गराउन भनिएको छ ।
समुदायस्तरमा कोरोनाको संक्रमण बढ्दो अवस्थामा देखिएपछि स्थानिय प्रसासन तथा स्थानियतहहरुमा लकडाउन एवं निषेधआज्ञा लगाइएपछि सवारी साधन सञ्चालन गर्न गाह्रो भएका कारण र व्यवसायहरुलाई सुरक्षित राख्नका लागि सेवा बन्द गर्नु परेको समितिका महासचिव विष्णु गैरेले बताउनु भयो ।

रुपन्देहीमा देशभरबाट ट्रान्सपोर्टमार्फत ठूलो मात्रामा सामान आपूर्ति गरिने हुने संक्रमण धेरै देखिएका स्थानबाट पनि सवारीका साधन आउने हुदा त्यसबाट संक्रमण बढ्न सक्ने सम्भावना बढी भएका कारण सेवा नै बन्द गर्नु गरेको बताइएको छ ।

प्रकाशित मिति : सोमबार, भाद्र १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij