थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २९ हजार नजिक

थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २९ हजार नजिक

काठमाडौं  –नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण पुष्टि हुनेकाे संख्या २९ हजार नजिक पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको नियमित प्रेस ब्रिफिङका क्रममा थप ६८१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

विभिन्न ३९ प्रयोगशालामा गरिएको ११ हजार ५२२ परीक्षणमा थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ११ हजार ११८ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या १७७०० संख्या पुगेको छ । कुल संक्रमितमध्ये ६१.२ प्रतिशतले कोरोना जितेका हुन् ।

पछिल्लो २४ घण्टामा थप १२० जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

प्रकाशित मिति : बुधबार, भाद्र ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij