विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या डेढ करोड

विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या डेढ करोड

काठमाण्डौ – विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या डेढ करोड नाघेको छ ।

अहिलेसम्म दुई करोड २५ लाखमा कोरोना पुष्टि भएकोमा एक करोड ५३ लाखभन्दा धेरै उपचारपछि निको भएको वर्ल्डोमिटरले जनाएको छ । त्यस्तै सङ्क्रमितमध्ये सात लाख ९१ हजारको भने ज्यान गएको छ ।

वर्ल्डोमिटरका अनुसार अहिले उपचार गराइरहेका ६४ लाख ८६ हजारमध्ये एक प्रतिशत अर्थात् साढे ६१ हजारको अवस्था जटिल रहे पनि बाँकी ६४ लाखको अवस्था सामान्य छ ।

सबैभन्दा धेरै अमेरिकामा ५७ लाखमा कोरोना पुष्टि हुँदा एक लाख ७६ हजारको ज्यान गएको छ । यस्तै साढे ३४ लाखमा कोरोना पुष्टि भएको ब्राजिलमा एक लाख ११ हजारको ज्यान गएको छ भने भारतमा २८ लाखभन्दा धेरैमा कोरोना पुष्टि हुँदा झण्डै ५४ हजारको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : बिहिबार, भाद्र ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij