बुटवल ।
बुटवल उपमहानगरपालिकामा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमित थपिएका छन् । उपमहानगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार शुक्रबार पुष्टि भएका ४ जना संक्रमितको मोबाईल नम्बर नभएको पाईएको छ ।
बुटवलमा संक्रमण पुष्टि भएकाहरुमा वार्ड नम्बर ३ बाट ५ जना, वार्ड नम्बर ४ बाट ३ जना, वार्ड नम्बर ९ बाट ३ जना, वार्ड नम्बर ११ र १२ बाट १।१ जना छन् । १ जनाको बिवरणमा बुटवल लेखिएपनि वार्ड र मोबाईल नम्बर उल्लेख नभएको उपमहानगर स्वास्थ्य शाखाका निमित्त प्रमुख गिता पाण्डेले बताईन् ।
उता स्वास्थ्य कार्यालय रुपन्देहीले पछिल्लो २० घण्टामा रुपन्देहीमा १४ जना नयाँ संक्रमित थपिएको जानकारी दिएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकलपर्शन केदारनाथ साहले दिएको जानकारी अनुसार रुपन्देहीको बुटवल उपमहानगरमा ९ जना, सिद्धार्थनगर नगरपालिकाका ३ जना, समरीमाई र गैडहवा गाँउपालिकाका १।१ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्