बुटवल-बुटवलमा कोरोना संक्रमणबाट दुइ जनाको मृत्यु भएको छ । बुटवलको धागो कारखानामा संचालित कोरोना विशेष अस्पतालमा उपचारत बुटवल उपमहानगरपालिका १ की एक महिला र सम्मरीमाइ गाँउपालिका २ का एक पुरुषको आज दिउसो मृत्यु भएको हो । दुवै जनालाइ अस्पतालको आइसीयु कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
बुटवल १ की ६७ बर्षे महिलालाइ साउन ३१ गते सो अस्पताल ल्याइएको हो । अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाका अनुसार अस्पताल आउदा उनमा निमुनीयाको समस्या थियो । ती बृद्धालाइ हाइब्लड प्रेसर र किड्नीको समस्या रहेको डा थापाले बताउनु भयो । मृत्तक महिलालाइ समुदायबाटै कोरोना सरेको अस्पतालले जनाएको छ ।
त्यस्तै सम्मरीमाइ २ का ३८ बर्षे पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार भदौ १ गते अस्पताल ल्याइएका ती पुरुष ज्वरो र रुघाखोकीले ग्रस्त थिए । रिर्पोट पोजेटिभ आएपछि कोरोना अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । ती युवकमा कुनै दिर्घ रोग नरहेको डा थापाले बताउनु भयो ।
मृत्तक दुवै जनाको गएराती देखि नै स्वास्थ्य अबस्था जटिल बन्दै गएको र दिउसो १ पछि मृत्यु भएको डा थापाले बताउनु भयो । चिकित्सकहरुका अनुसार मृत्तक अस्पताल ल्याइनु भन्दा हप्ता दश दिन अघि मल र अन्य सामान लिन भारतीय बजारमा आउजाउ गर्ने गरेको ट्राभल हिष्ट्रि भेटिएको छ । ती व्यक्तिमा भारतीय बजारबाटै संक्रमण सरेको बताइएको छ ।
बुटवलको कोरोना अस्पतालमा यो संगै ५ जना संक्रमितको मृत्यु भइसकेको छ । ती मध्इे दुइ जना कपिलबस्तुका, २ जना रुपन्देहीका र एक जना प्युठानका हुन ।
कोरोना अस्पतालमा अहिले ३५ जना उपचारत छन । ती मध्ये १४ जनाको गम्भिर अवस्थामा आइसीयुमा उपचार भइरहेको छ । बाँकी आइसोलेसन वार्डमा छन ।
चिकित्सकहरुका अनुसार प्रदेश नं. ५ मा समुदायमै सामान्य अवस्थाका अधवैंशे व्यक्तिहरुमा कोरोनाको गम्भिर लक्षण देखा परीरहेको छ । अस्पतालका डा सुर्दशन थापाले समुदायमा पसेको लक्षण सहितको संक्रमणले गम्भिर अवस्था निम्त्याउन सक्ने सकेत देखा परीसकेकाले सावधानी अपनाउन सबैलाइ अग्रह गर्नु भयो । यही अबस्थामा लक्षण सहितका बिरामीको संख्या बढ्ने हो भने उपचारमा गम्भिर समस्या निम्तन सक्ने पनि उहाँले बताउनु भयो ।

प्रकाशित मिति : आइतबार, भाद्र ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्