कोरोना विरुद्धका खोपको तेस्रो चरणको परीक्षण नेपालमा पनि गरिँदै

कोरोना विरुद्धका खोपको तेस्रो चरणको परीक्षण नेपालमा पनि गरिँदै

काठमाडौं -कोरोना भाइरस विरुद्ध निर्माण हुँदै गरेको खोपको परीक्षण (क्लिनिकल ट्रायल) नेपालमा पनि गरिने भएको छ ।

चीन, रुस र अक्सफोर्ड विश्वविद्यालय बेलायतबाट विकसित हुँदै गरेका कोरोना विरुद्धको खोपको परीक्षण गर्ने तयारी सुरु गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ ।

तीन वटै देशले खोपको क्लिनिकल ट्रायल ट्रायलका लागि नेपालसँग छलफल सुरु गरेको परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृतिमा क्लिनिकल ट्रायलको लागि प्रक्रिया अघि बढाइएको सदस्यसचिव ज्ञवालीले जनाए । यससम्बन्धी विस्तृत जानकारी पछि दिने ज्ञवालीले बताएका छन् ।

तीनवटै देशले विभिन्न देशमा तेस्रो चरणको परीक्षण सुरु गरिसकेका छन् । तेस्रो चरणको परीक्षण ठूलो संख्यामा गरिन्छ ।

कोरोना विरुद्धको खोप बनाउनका लागि चीन, अमेरिका, बेलायत, रुस लगायतका विश्वका कैयौं मुलुकका वैज्ञानिहरु अहिले २४सै घण्टा खटिरहेका छन् । ती देशहरुले खोप बनाउनका लागि अर्बौ डलर खर्च गरिरहेका छन् ।

रुसले यसअघि नै कोरोना विरुद्धको स्पुतनिक ५ नामक खोपको व्यवसायिक उत्पादनका लागि अनुमति नै प्राप्त गरिसकेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले खोपका लागि अनुमति दिएको बताउँदै आफ्नी छोरीले समेत खोप लगाएको बताएका थिए

प्रकाशित मिति : आइतबार, भाद्र ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij