जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्धारा अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन ७ दिने आदेश जारी

जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्धारा अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन ७ दिने आदेश जारी

बुटवल-जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अत्यावश्यक काम बाहेकका अवस्थामा घरबाहिर ननिस्कन ७ दिने आदेश जारी गरेको छ।

प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीसहितको उपस्थितिमा बसेको बैठकपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशको बुँदा नम्बर १ मा भनिएको छ-औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक कुनैपनि व्यक्ति घरबाट बाहिर निस्कन निषेध गरिएको छ।’

बुटवल, भैरहवा, तिलोत्तमा क्षेत्रमा बिहान र बेलुकामा शारिरीक व्यायामका लागि पैदलै हिड्नेहरुलाई लक्षित गर्दै प्रशासनले यस्तो कडाइ गरेको हो।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला संकट व्यवस्थापन केन्द्र रुपन्देहीको बैठकले भदौ १४ गते राती १२ बजेसम्म लागि जिल्ला ‘लकडाउन’ गर्ने निर्णय गरिएको हो।

अत्यावश्यक सेवालाई निरन्तरता दिदै रुपन्देही जिल्लाभरि लागू हुने गरी संक्रामक रोग ऐन २०२०को दफा २ बमोजिम गतिविधि गर्न निषेध गर्ने गरी आदेश जारी गरिएकोमा नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७७ भदौ १ गते को निर्णय समेतका आधारमा संक्रामक रोग ऐन २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम भदौ ७ गते राती १२ बजेदेखि भदौ १४ गते राती १२ बजे सम्म गतिविधि गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

आदेश विपरितका कुनै गतिविधि भएमा सोही ऐन बमोजिम कारबाही हुने समेत प्रमुख जिल्ला अधिकारी महादेव पन्थबाट जारी गरिएको आदेशमा उल्लेख छ।

कार्यालयले खाद्यान्न, फलफूल, तरकारी, माछामासु, दुध तथा डेरी जन्य पसलहरु बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ४ः३० बजेदेखि ६ः३० बजेसम्म सञ्चालन गर्न दिने, कृत्रिम अभाव सिर्जना गर्ने वा सहज आपूर्तिमा अवरोध गर्नेलाई कानुन बमोजिम कारवाही गर्ने लगायतको निर्णय गरेको छ।

प्रकाशित मिति : आइतबार, भाद्र ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij