डोल्पा – डोल्पाको ठूलीभेरी नगरपालिकामा जङ्गली च्याउ खाँदा चार जना बिरामी परेका छन् ।
ठूलीभेरी नगरपालिका ७ का ३३ वर्षीय उत्तमबहादुर शाही, ३१ वर्षीय सूर्यबहादुर साही, वडा नम्बर ८ का ३३ वर्षीय कमलबहादुर शाही र वर्ष ४४ का सत्यबहादुर शाही बिरामी परेको नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले बताउनुभयो ।
उपचारका लागि तीन जनालाई हेलिकप्टरमार्फत अस्पताल पठाइसकेको र अर्का एक जनालाई आफैले भेरी अञ्चल अस्पताल नेपालगञ्ज लैजान लागिएको नगरपालिकाका प्रमुख शाहीले बताउनुभयो ।
आइतबार राति नै च्याउ खाएर बिरामी परेका उनीहरुको अवस्थाबारे प्रहरीलाई सोमबार बिहान मात्रै खबर पुगेको थियो ।
प्रकाशित मिति : सोमबार, भाद्र ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्