सोमबार ७४३ नयाँ संक्रमित थपिए

सोमबार ७४३ नयाँ संक्रमित थपिए

कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ

सोमबार थप ७४३ जना कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित प्रेस ब्रिफिङका क्रममा २४६ महिला र ४९७ पुरुष गरी थप ७४३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

विभिन्न ३९ प्रयोगशालामा गरिएको १० हजार २३४ परीक्षणमा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या १८ हजार ८ सय पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७५ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

प्रकाशित मिति : सोमबार, भाद्र ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij