मंगलबार थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या साढे ३३ हजार बढी

मंगलबार थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या साढे ३३ हजार बढी

थप ३१६ जना कोरोनालाई जितेर घर फर्किए

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या साढे ३३ हजारभन्दा बढी पुगेकाे छ ।

मंगलबार थप ८५५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

विभिन्न ३९ प्रयोगशालामा गरिएको ११ हजार ३२७ परीक्षणमा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

कुल संक्रमितमध्ये सक्रिय संक्रमितकाे संख्या १४ हजार २५० रहेकाे छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या १९ हजार ११९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३१६ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

प्रकाशित मिति : मंगलबार, भाद्र ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij