बुटवलका २५ जना सहित रुपन्देहीका ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

बुटवलका २५ जना सहित रुपन्देहीका ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

बुटवल
बुटवल उपमहानगरपालिकाका २५ जना सहित बिहिबार रुपन्देहीका ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देहीका २२ महिला र ३१ पुरुष गरी ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

बिहिबार पुष्टि भएका संक्रमितहरुमा बुटवल उपमहानगरका २५ जना, तिलोत्तमा नगरपालिकाका १७ जना, सिद्धार्थनगर नगरपालिकाका ४ जना, देवदह नगरपालिकाका ५ जना तथा ओमसतिया र रोहिणी गाउपालिकाका १÷१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

बुटवलका २५ जनामध्ये १ जना बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका डाक्टर पनि संक्रमित रहेको जानकारी आएको उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कुन्दन कुमार सिंहले बताउनुभयो। उहाले मुटु अस्पतालका डाक्टरको कन्ट्याक्ट ट्रेसिङ गरेर सम्पर्कमा आएकाहरुको पीसीआर गरिने बताउनुभयो।

अस्पताललाई सेनेटाइज गर्न र सुरक्षित बनाउन निर्देशन दिइसकेको उहाले बताउनुभयो।

प्रकाशित मिति : बिहिबार, भाद्र ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij