रोटरी क्लव अफ बुटवलको १३२७ औं बैठक

रोटरी क्लव अफ बुटवलको १३२७ औं बैठक

 

बुटवल

रोटरी क्लब अफ बुटवलको १३२७ औंं नियमित बैठक शनिवार भर्चुअल रुपमा सम्पन्न भएको छ शनिवारको वैठकको एजेण्डा क्लासिफिकेशन रहेको थियो । रोटरीयन रेखा ज्ञवालीले आफ््नो व्यावसायिक जीवनको विषयमा चर्चा गर्दै निरन्तर प्रयासबाट मात्र विजनेशमा सफलता पाईने बताइन् । ज्येष्ठ नागरिक मिलन केन्द्र डिंगरनगरकी चार्टर सदस्य र श्रृंगेश्वर मन्दिर डिंगरनगरकी बोर्ड सदस्य रहेकी ज्ञवालीले व्यवसायिक जीवनको आरोह अवरोहको वारेमा जानकारी गराएकी थिइन् । उनले आफू सानैदेखि शिक्षण पेशाा लागेको र धेरै वर्ष विदेश बसेको भन्दै तर स्वदेश नै प्यारो लागेकाले आफ्नै देश फर्केर समाजसेवामा लागेको पनि बताइन् ।

बैठकमा रोटरी क्लव अफ बुटवलका अध्यक्ष रो. सुनिल श्रेष्ठले धेरै सदस्यहरु संगठित भएर काम गरेमा समुदायको हित हुने भएकाले रोटरियनहरुको संख्या वढाउनु पर्ने बताए ।

क्लवका सचिव रोम शर्मा, सहसचिव शिवकुमार ज्ञवाली र छवि पोखरेलले समेत धारणा राखेको बैठकमा रोटरियनहरु यादव घिमिरे, यदुनाथ पाण्डे र गोपाल अधिकारीले जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति : शनिबार, भाद्र १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij