मुटु अस्पतालका स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि, अस्पतालका अरु सबै सेवा बन्द रहेपनि डायलाइसिस सूचारु

मुटु अस्पतालका स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि, अस्पतालका अरु सबै सेवा बन्द रहेपनि डायलाइसिस सूचारु

बुटवल-बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका थप ६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल अरु सेवा बन्द रहेपनि डायलाइसिस् भने बन्द नरहेको अस्पतालले जनाएको छ। डायलाइसिस, सीटी स्क्यान र फार्मेसी सेवा पनि सुचारु रहनेछन्।

अस्पतालका अरु सबै सेवा बन्द रहेपनि डायलाइसिस् सेवा बन्द नरहने अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए। उनका अनुसार अस्पताल केही दिन बन्द गरेर निर्मलीकरण गर्ने र सबै स्वास्थ्यकर्मी र कर्मचारीको पीसीआर परीक्षण गरेर रिपोर्ट आएपछि मात्रै अस्पताल सञ्चालनमा आउनेछ।

‘अस्पतालमा आउने बिरामीहरुको स्वास्थ्य र स्वास्थ्यकर्मीहरुको सुरक्षालाई ध्यानमा राखेर हामीले केही दिन डायलाइसिसबाहेकका सेवा बन्द गरेका छौं-उनले लुम्बिनी टाइम्ससँग भने-सबैको रिपोर्ट आएपछि नेगेटिभ आउनेहरुबाट सेवा सुचारु हुने छ भने पोजेटिभ आउनेलाई थप उपचारका लागि आइसोलेशनमा राखिनेछ।’

उनले अस्पतालमा उपचाररत रहेका बिरामीमध्ये डिस्चार्ज गर्न मिल्नेलाई डिस्चार्ज गरिने र केहीलाई अन्य अस्पतालमा पठाउने बताए।

उनले बिरामीको उपचार गर्ने स्वास्थ्यकर्मी नै संक्रमित भएपछि बिरामीको उपचारमै समस्या देखिने भएकाले स्वास्थ्यकर्मीलाई थप सुरक्षित राख्नुपर्ने बताए। उनले स्वास्थ्यकर्मीहरु बस्ने घरहरुमा नराम्रो व्यवहार नगर्न, घरबाट अन्यत्र जाने वातावरण नबनाउन र स्वास्थ्यकर्मीलाई दुर्व्यवहार नगर्न आह्वान गरे।

‘अहिले अस्पतालका स्वास्थ्यकर्मीलाई संक्रमण देखियो भनेपछि भाडामा बस्ने स्वास्थ्यकर्मीलाई घरमा नआए हुन्थ्यो जस्ता व्यवहार हुन थालेका छन्, उनले भने-स्वास्थ्यकर्मीलाई यो संकटमा उर्जा दिएनौं भने भोलि हामी आफै बिरामी हुँदा कसले उपचार गर्ला भनेर पनि सोचौं।’

मुटु अस्पतालले सूचना निकालेर अस्पतालको निर्मलीकरण र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको कोरोना परीक्षण गर्नुपर्ने भएको भन्दै अस्पतालबाट प्रदान भएका डायलाइसिस, सीटी स्क्यान र फार्मेसी सेवाबाहेकका सबै सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरेको जनाएको छ।

प्रकाशित मिति : शनिबार, भाद्र १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij