आइतबार १२ सय २१ नयाँ संक्रमित थपिए

आइतबार १२ सय २१ नयाँ संक्रमित थपिए

कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुग्यो

बुटवल-नेपालमा आइतबार थप १ हजार २२१ जना नयाँ कोरोना संक्रमितहरू थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ३४८ महिला र ८७३ पुरुष गरी थप १ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

विभिन्न ३९ प्रयोगशालामा गरिएको १२ हजार ७१७ जनाको परीक्षणमा थप १२ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या २० हजार ८२२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २६७ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

प्रकाशित मिति : आइतबार, भाद्र १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij