कपिलवस्तु-कपिलवस्तुमा एक हप्ता निशेधाज्ञा थपिएको छ । जिल्ला कोरोना संकट ब्यवस्थापन समितीको सोमबार बसेको बैठकले एक साता निशेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
कपिलवस्तुमा लागु गरिएको निशेधाज्ञाको अवधि सोमबार (आज) राति १२ बजे सकिँदै छ । गत भदौ सात गते बसेको कोरोना संकट ब्यवस्थापन समितिको बैठकले आजसम्मको लागि निशेधाज्ञाको समय थप गरेको थियो । समुदायस्तरमा कोरोना फैलिएपछि नियन्त्रणको लागि भन्दै गरिएको पूर्ण लकडाउनले पनि कोरोना नियन्त्रणमा आएको छैन ।
संक्रमितहरु बढेको बढ्यै भएपछि फेरि एक साता यही लकडाउनलाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले जनाएको छ । पछिल्लो समय समुदायस्तरमा कोरोना फैल्ने दर झन् तीव्र छ । यस्तै बैङ्क र वित्तिय संस्थाको लागि विहान १० बजेदेखि दिउँसो १ बजेसम्म समय तोकेको छ ।
प्रकाशित मिति : सोमबार, भाद्र १५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्