काठमाडौं, केन्द्रीय कारागार सुन्धाराका तीन जना कैदीको मृत्यु पछि कोरोना पुष्टि भएको छ। भाद्र १६ गते वीर अस्पतालमा तीनै जनाको निधन भएको थियो। दीर्घरोगी रहेका पाल्पाका ५८, बझाङका ६० र सिरहाका ६४ वर्षका पुरुषको गत १६ गते निधन भएको र उनीहरुको बिहीबार बेलुका कोरोना पुष्टि भएको केन्द्रीय कारागार कार्यालयका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले थाहाखबरलाई जानकारी दिए। उनीहरु विभिन्न मुद्दामा कारागारमा थिए। तीनै जनामा दिर्घ रोग रहेको पनि बाँस्कोटाले बताए। यस अघि मेघा अस्पतालमा मृत्यु भएका कञ्चनपुरका ४१ वर्षीय कैदीमा कोरोना पुष्टि भएको थियो। मृत्यु भएका तिनै जनाको शव भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अस्पतालमा राखिएको छ। योसँगै केन्द्रीय कारागारमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ।
प्रकाशित मिति : शुक्रबार, भाद्र १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्