बुटवल
रुपन्देहीमा जारी निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्दै केही खुकुलो बनाइने भएको छ। रुपन्देहीका उद्योगी व्यवसायीका संस्थाहरुले निधेषाज्ञाको अवधि थप नगर्न दबाब दिइरहेको समयमा शुक्रबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न गठित जिल्ला संकट व्यवस्थापन केन्द्र डिसीसीएमसी रुपन्देहीको बैठकले निषेधाज्ञा केही खुकुलो बनाउने निर्णय गरेको हो।
उद्योगी व्यवसायीले माग गरेअनुसार निषेधाज्ञाको निर्णय पुनरावलोकन गर्ने निर्णय बैठकले भएको प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जानकारी दिनुभयो। भोलि शनिबार रातीसम्म निषेधाज्ञाकै अवधि कायम रहने भएकाले भोलि शनिबार मात्रै कुन मोडालिटीमा खुला गर्ने भन्ने निर्णय हुने उहाले बताउनुभयो।
व्यवसायीहरुले सुरक्षाका सबै मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता जनाएको र त्यसका लागि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा स्थानीय तहस्तरमै अनुगमन समिति बनाउने निर्णय पनि भएको छ। जसले सुरक्षाका मापदण्ड अपनाए नअपनाएको अनुगमन गरेर कारबाही गर्न
सक्नेछ।
आइतबारदेखि रुपन्देहीमा निषेधाज्ञाको कस्तो मोडालिटी अपनाउने भन्ने आदेश शनिबार जारी हुने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी जनक थापाले जानकारी दिनुभयो।
प्रकाशित मिति : शुक्रबार, भाद्र १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्