काठमाडौं -पछिल्लो २४ घण्टामा देशभर ९ जना व्यक्तिको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित कोरोना ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले ९ जनाको निधन भएको जानकारी दिए ।
जसमध्ये ३ जना महिला र ६ जना पुरुष रहेका छन ।
मोरङका ४३ वर्षीया, मकवानपुरका ५२ वर्षीया र नवलपरासीका ३७ वर्षीया महिलाको कोरोनाा भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।
यस्तै, पर्साका ७५ वर्षीय, महोत्तरीका ७८ वर्षीय, काठमाडौंका ४१, ५९ र ६५ वर्षीय एवं रुपन्देहीका ४० वर्षीय एक जना पुरुषको मृत्यु भएको डा गौतमले बताए ।
प्रकाशित मिति : शनिबार, भाद्र २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्