काठमाडौं ;काठमाडौं(१०, बुद्धनगरमा रहेको एक सैलुनका सञ्चालक मृत भेटिएका छन् । न्यु मनोकामना हेयर ड्रेसर सैलुनका सञ्चालक अन्दाजी ३५ वर्षीय अशोक ठाकुर मृत भेटिएका हुन् ।
आधा सटर खोलेको अवस्थामा लडिरहेको देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । त्यसपछि हेर्दा मुखमा रगत देखिएको अवस्थामा उनको शव भेटिएको छ ।
हालसम्म कुनै शंकास्पद अवस्था नदेखिएको काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले अनलाइनखबरलाई बताए । उनले भने, ‘अब पोष्टमार्टमपछि नै विस्तृत कारण खुल्नेछ ।’
बाराको निजगढ स्थायी घर भएका ठाकुर एक दशकदेखि बुद्धनगरमा सैलुन चलाउँदै आएका थिए ।
प्रकाशित मिति : सोमबार, भाद्र २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्