JanataToday.com

Advertisment

SKIP THIS

लम्बियो रोनाल्डोको सयौं गोलको प्रतिक्षा

लम्बियो रोनाल्डोको सयौं गोलको प्रतिक्षा

पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो पछिल्लो १० महिनायता आफूले गर्ने सयौं गोलको प्रतिक्षामा छन्। देशको फुटबल इतिहासमै सर्वाधिक गोलकर्ता रहेका रोनाल्डेले अहिलेसम्म देशका लागि १६४ क्याप जित्दै ९९ गोल गरेका छन्। तर उनले सयौं गोलको कोसेढुंगा पूरा गर्न अझै प्रतिक्षा गर्नु पर्ने भएको छ। औंलामा लागेको चोटका कारण उनले नेसन्स कपअन्तर्गत शनिबार भएको खेल खेलेनन्। धेरै समर्थकले रोनाल्डो मैदानमा आएर सयौं गोल गर्ने प्रतिक्षा गरिरहेका थिए। तर त्यो द‌ृश्य देख्न दर्शकहरूले अझै केही समय कुर्नुपर्ने भएको छ। रोनाल्डोले पछिल्लो समय १७ नोभेम्बरमा युरो कप छनोट अन्तर्गत लक्जेम्बर्ग विरुद्ध प्रतिष्पर्धा गरेका थिए। जहाँ पोर्चुगलले २–० को नतिजा निकालेको थियो। प्रशिक्षक फर्नान्डो सान्तोषले अभ्यासमा संलग्न भएपनि रोनाल्डोले मैदानमा जान हतार नगरेको बताए। उनले औषधि लिइरहेको र चाँडै ठीक हुने सान्तोषले बताएका छन्‌। नेसन्स कपमा पोर्चुगलको दोस्रो खेल आगामी ९ सेप्टेम्बरमा स्वीडेन विरुद्ध रहेको छ। सो खेलमा रोनाल्डो मैदानमा आउने विश्वास गरिएको छ। २००४ मा गरेका थिए डेब्यु रोनाल्डोले आफ्नो पहिलो अन्तराष्ट्रिय डेब्यु १२ जुन २००४ मा ग्रीस विरुद्धको खेलमार्फत गरेका थिए। रोनाल्डो सर्वाधिक गोल गर्ने खेलाडीको रुपमा दोस्रो स्थानमा रहेका छन्। उनी इरानका अली देइभन्दा मात्र पछि छन्। देइले १४९ खेलमा १०९ गोल गरेका छन्। सर्वाधिक गोलकर्ता देइले आफ्नो देशका लागि पहिलो गोल २५ जुन १९९३ मा चाइनिज ताइपे विरुद्धको खेलमा गरेका थिए। उनले पहिलो खेलमा नै ह्याट्रिक गर्दै सनसनीपूर्ण प्रदर्शन देखाएका थिए। अलीले १ मार्च २००६ मा खेल जीवनबाट सन्यास लिएका थिए। रोनाल्डोले अलीको कीर्तिमान तोड्ने विश्वास लिएको छ। अलीको कीर्तिमान तोडे रोनाल्डो राष्ट्रिय टिमबाट विश्वमै सर्वाधिक गोल गर्ने खेलाडी बन्नेछन्।

प्रकाशित मिति : सोमबार, भाद्र २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij