JanataToday.com

Advertisment

SKIP THIS

यातायात व्यवसायी धर्नामा

यातायात व्यवसायी धर्नामा

काठमाडौ-यातायात व्यवसायीहरुले विदेशबाट आउनेहरुलाई जिल्लासम्म पुर्‍याउन सार्वजनिक सवारीसधानको प्रयोग नगरेको भन्दै यातायात व्यवस्था विभाग अगाडि धर्ना दिएका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालमा आबद्ध व्यवसायीहरुले विदेशबाट आएका नेपालीलाई होल्डिङ सेन्टरबाट जिल्लासम्म पुर्‍याउन सस्तो भाडादर प्रस्ताव गरे पनि बेवास्ता गरिएको भन्दै धर्नामा बसेका हुन् । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई बेवास्ता गर्दै व्यवसायीहरु बबरमहलस्थित विभागको कार्यालयअगाडि धर्नामा बसेका हुन् ।

महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले देशभर सञ्चालनमा रहेका सबै कम्पनीहरुसँग समन्वय गरी सबै प्रदेशका सवारीसाधनहरु सम्बन्धित प्रदेशमा जाने व्यवस्था गर्न माग गरिएको तर सीसीएमसीबाट बेवास्ता गरिएकाले धर्ना बस्न बाध्य भएको बताए ।

होल्डिङ सेन्टरमा रहेका मानिसहरुलाई महँगो भाडादरमा यातायात व्यवसायीबाहेकका सवारीसाधनमार्फत लग्ने व्यवस्था गरिएको रिजालले बताए । सार्वजनिक यातायात व्यवसायीका सवारीसाधन प्रयोग गरेमा अहिलेको भाडादरभन्दा निकै कम दरमा गन्तव्यमा पुग्न सक्ने भए पनि सीसीएमसीले माफियाहरुको प्रभावमा यात्रुहरुलाई महँगो भाडादर तिर्न बाध्य पारेको रिजालले बताए ।

व्यवसायीहरुले सम्बन्धित प्रदेशका सवारीहरु सम्बन्धित प्रदेशमै पठाउँदा आलोपालो निर्धारण गरेर सञ्चालन गर्न दिनुपर्ने मागसमेत गरेका छन् । कार्यक्षेत्रमा अनुचित ढंगले संकलन गरिएको व्यवस्थापकीयबाहेकका आर्थिक क्रियाकलाप बन्द गर्नसमेत माग गरेका छन् ।

सार्वजनिक यातायातको प्रयोग भएमा यात्रु भाडादरका हकमा महासंघले सीसीएमसीमा प्रस्ताव गरेबमोजिमको दरमा सिट उपलब्ध गराउने पनि व्यवसायीहरुले बताए । उनीहरुले ‘कमिसनतन्त्र खारेज गर’, ‘होल्डिङ सेन्टरमा यातायात व्यवस्थापकबाट यात्रु ठगी रकमको छानविन गर’, ‘पीडित तथा बेखर्ची यात्रुलाई निःशुल्क गन्तव्यमा पु¥याउने व्यवस्था गर’, ‘यातायात व्यवसायीलाई ब्याज छुटको व्यवस्था गर’ लेखिएका ब्यानरसहित धर्नामा बसेका थिए ।

प्रकाशित मिति : मंगलबार, भाद्र २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij